दफा ५०
मतगणनाको सूचना
कुनै निर्वाचन क्षेत्रको निर्वाचनको लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको कार्य सम्पन्न भई सकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने स्थान, मिति र समय तोकी सूचना प्रकाशन गर्नु पर्नेछ ।